Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ निष्काशनको तयारीमा रहेको रिलायबल लाइफको वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, २७ साउन २०७८, ०६ : ४२ मा प्रकाशित

आईपिओ निष्काशनको तयारीमा रहेको रिलायबल लाइफको वित्तिय अवस्था कस्तो ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा सामान्य बृद्धि भएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५.३९ प्रतिशतले बढेर २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ४३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क पनि ८८.०१ प्रतिशतले बढेर २ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले १ अर्ब ५७ करोड ३८ लाख १८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिसम्ममा कम्पनीले ६७ करोड ९८ लाख २० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८४ करोड ३५ लाख ४१ हजार रुपैयाँ रहेको छ । त्इस्तै यो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ५८ करोड ५१ लाख रुपैयाँ र महाविपत्ति कोषमा ७ करोड ९८ लाख ६३ हजार रुपैयाँ सन्चित छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्ने छ ।

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १६ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ९६ करोड रुपैयाँ रहेको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ सेबोनमा निवेदन पेश गरेको हो ।

नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिए कम्पनील यहि प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने छ । 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्ः

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको