Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल लाईफले डाक्यो साधारण सभा, १५० करोडको आईपिओ जारी गर्ने

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, ०९ : ५८ मा प्रकाशित

रिलायबल लाईफले डाक्यो साधारण सभा, १५० करोडको आईपिओ जारी गर्ने

रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार ५ औँ वार्षिक साधारण सभा कार्तिक ६ गते, लिसरा व्यानक्वेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

साथै सभाले ३० प्रतिशत सेयर सर्बसाधाणमा जारी गर्ने प्रस्ताव समेत पारित गर्ने छ । कम्पनीले बिमा कम्पनीहरुको चुक्ता पूँजी ५ अर्बको ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड बराबरको आईपीओ जारी गर्नेछ ।  

कम्पनीले प्रकाशन गरेको सूचनाः

63366d5587188.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको