Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफको साधारण सभा आज, आईपीओ निष्काशनको प्रस्ताव पारित हुँदै

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, ०८ : १९ मा प्रकाशित

रिलायबल नेपाल लाइफको साधारण सभा आज, आईपीओ निष्काशनको प्रस्ताव पारित हुँदै

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज (असार ४ गते शुक्रबार) हुँदैछ । कम्पनीको जेठ १० गते बसेको संचालक समितिको निर्णयानुसार उक्त आज दिउँसो १ बजे कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभाले सर्वसाधारणलाई छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ ।

त्यसैगरी, सभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित, वासलात, नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका अनुसूचीहरु उपर छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ भने संचालक नियुक्तिको अनुमोदन पनि गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको