Like us!
Follow us!
Connect us!
Watch us!

आगामी हप्ताबाट ‘मेरो सेयर’ को पासवर्ड बिर्से आफैँ रिसेट गर्न सकिने

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १० : १२ मा प्रकाशित

आगामी हप्ताबाट ‘मेरो सेयर’ को पासवर्ड बिर्से आफैँ रिसेट गर्न सकिने

नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा आगामी साता देखि कार्यन्यनमा ल्याउन लागेको छ । 

"अहिले मानुषी लघुवित्तको आईपिओमा आवेदन खुलेकाले अहिलनै यो फिचर थप्दा मेरो सेयरमा केहि समस्या हुनसक्छ भनेर अहिलने नै लन्च नगरेका हौँ हामि अब पासवार्ड रिसेटका लागि प्राविधिक रुपमा पुर्ण तयारी अवस्थामा छौ संभवत आइतबारबाट नै यो फिचर लन्च हुन्छ" सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले भने । 

हालसम्म  ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले  सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ । यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको