Like us!
Follow us!
Connect us!
Watch us!

अब ‘मेरो सेयर’ को पासवर्ड बिर्से आफैँ रिसेट गर्न सकिने !

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, ०९ : ५२ मा प्रकाशित

अब ‘मेरो सेयर’ को पासवर्ड बिर्से आफैँ रिसेट गर्न सकिने !

नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा कार्यन्यनमा ल्याउएको छ । 

मेरो सेयरमा ‘फरगट योर पासवर्ड अप्सन थपेसँगै प्रयोगकर्ता अब आफैँले पासवर्ड रिसेट गर्न मिल्ने भएको हो । यससंगै अव लगानीकर्ताहरुलाई पासवर्ड बिर्षेमा रिसेटका लागि सम्बन्धित डीपीमा आग्रह गर्नुपर्ने बाध्यता हटेको छ ।

हालसम्म  ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले  सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ । यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको