Like us!
Follow us!
Connect us!
Watch us!

सकिएन मेरो सेयरको स्तरोन्नती, लगानीकर्ता लाई आईपिओ भर्न र EDIS गर्न हम्मेहम्मे

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, ११ : १४ मा प्रकाशित

सकिएन मेरो सेयरको स्तरोन्नती, लगानीकर्ता लाई आईपिओ भर्न र EDIS गर्न हम्मेहम्मे

बिगत केहि दिन देखि मेरो सेयरको स्तरोन्नती हुन लागेको भन्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मेरो सेयरमा समस्या आउन सक्ने भन्दा सूचना जारी गरिरहेको छ । 

गत मंगलबार सिडिएस ले मेरो सेयरमा थप सर्भरहरु जडान गर्नुपर्ने भएकाले केहि समय सेवा अवरुद्ध हुने भन्दै सुचना प्रकाशित गरेको थियो । सोहि दिनबाट देखिएको मेरो सेयरको समस्या आज सम्म पनि पुर्ण रुपमा समाधान हुन सकेको छैन । 

मेरो सेयरमा समस्या देखिँदा शुक्रबारबाट बिक्रि खुल्ला गरेको सिंगटी हाइड्रोको आईपिओमा आवेदन दिन लगानीकर्ताहरुले धेरै नै सास्ती व्यहोर्न परिरहेको छ । आज आवेदन दिने अन्तिम दिन सम्ममा पनि मेरो सेयर राम्रोसंग नचलेका कारण आवेदन दिन नपाउँदाको पिडा लगानीकर्ताहरुले सामाजिक सञ्जाल मार्फत व्यक्त गरिरहेको देखिन्छ । 

मेरो सेयरमा आएको समस्याका कारण आइपिओमा आवेदन दिने लगानीकर्ताहरु मात्र नभएर दोस्रो बजार कारोबार गर्नेहरुले पनि हैरानी व्यहोरीरहेका छन् । सेयर बिक्रि गरेको भोलिपल्ट सम्ममा आफँले बिक्रि गरेको सेयरको EDIS ट्रान्सफर गर्नु पर्ने व्यबस्था छ । 

यदि समयमा EDIS ट्रान्सफर गर्न नसकेमा स्टक ब्रोकरले लगानीकर्ताहरुलाई २० प्रतिशत जरिवाना लगाउने गर्दछन् तर मेरो सेयरमा आयको समस्याका कारण समयमा मेरो सेयर नखुल्दा कतिपय लगानीकर्ताहरु जरिवानामा परिरहेका छन् । 

मेरो सेयरमा आएको समस्याका कारण आम लगानीकर्ताहरुलाई आइपिओमा आवेदन गर्न र EDIS ट्रान्सफर गर्न समस्या परिरहदाँ सम्बन्धित निकाय भने मौन देखिन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको