अर्थ संसार, काठमाडौँ–व्यवस्थापिका –संसद्को आज बिहान ११ बजेका लागि निर्धारण भएको बैठक अपराह्न तीन बजे हुने भएको छ ।
प्रमुख राजनीतिक दलले सहमतिका निम्ति केही समय माग गरेकाले बैठकको समय पर सारिएको सभामुखका प्रेस संयोजक बबिन शर्माले बताउनुभयो ।
प्रमुख विपक्षी दल नेकपा (एमाले)ले केही दिनअघिदेखि जारी राखेको संसद् अवरोध खुलाउने प्रयासस्वरुप प्रमुख दलले समय माग गरेका बताइएको छ ।
आजको बैठकमा नेपाली काँग्रेसका सांसद तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका संसद्, नियमावली २०७३ को नियम ४९ को उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची छ ।
उक्त उम्मेदवारीको सूचनाका प्रस्तावक सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सांसद रामचन्द्र पौडेलसहित पाँचजना संसद् सदस्य समर्थक हुनुहुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस