Like us!
Follow us!
Connect us!
Watch us!
अदालत परिसरमा उनले के भने ?

चुडामणि शर्माालाई थप सात दिन थुन्न विशेषको आदेश

आइतबार, २१ जेठ २०७४, १४ : २३ मा प्रकाशित

चुडामणि शर्माालाई थप सात दिन थुन्न विशेषको आदेश

अर्थ संसार, 
काठमाडौँ– विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
 
अख्तियारको मागअनुसार नै शर्मालाई अनुसन्धान गर्न विशेष अदालतले सात दिनको म्याद दिएको हो  ।
 
शुक्रबार पक्राउ परेका शर्मालाई अख्तियारले आइतबार बिहान विशेष अदालतमा उपस्थित गराएको थियो । विशेष अदालतले शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ ।
 
अदालत परिसरमा सन्चारकर्मीसँग संक्षिप्त कुरा गर्दैै शर्माले आफूलाई पक्राउ गरेर अख्तियारले संसद र सरकारको अपमान गरेको आरोप लगाए ।
 
नियम विपरित बिभिन्न फर्महरुलाई कर छुट दिने लगायतका अनियमितता गरेको आरोपमा अख्तियारले शुक्रबार शर्मालाई पक्राउ गरेको थियो ।
 
अख्तियारले भ्रष्टाचार आरोपमा पक्राउ गरेपछिसँगै शर्मा पदबाट निलम्बित भएका छन् । उनी सचिव हुने रोलक्रममा थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको