नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफा बृद्धि भएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५०.६९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बषएको तुनमामा यो बर्ष बैंकको वितरण योग्य मूनाफामा २०५.५५ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको वितरणयोग्य मुनाफा ६५ करोड २३ लाख ६६ हजार रुपैयामा सिमित थियो ।
यो अवधिमा बैंकले १ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यो अवधिमा बैंकले आफ्ना खराव कर्जालाई पनि केहि घटाउन सफल भएको दखिन्छ । अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा २.९१ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर २.४६ प्रतिशतमा झरेको छ ।
चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ५ अर्ब ५९ करोड ३० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३.२० प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५ अर्ब ७६ करोड ७७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ४९.५० प्रतिशतले बढेर ५ अर्ब २५ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ५१ करोड ५२ लाख रूपैयाँमा सिमित थियो ।
त्यस्तै, बैंकको चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १६ अर्ब ९७ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडाकोषको आकार २३.८७ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४६ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४५ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ४८ पैसा पुगेको छ बैंकको पीई रेसियो २०.३८ गुणा रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रकृयालाई नेपाल राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट दिइसकेको छ ।
दुवै बैंकबीच एकआपसमा गाभ्न गाभिनका लागि वैशाख ३० गते, बिहीबार प्रारम्भिक समझदारी पत्र ९आईओएम० मा हस्ताक्षर भएको थियो । नेप्सेमा अहिले यी दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्नेरगाभिने ९मर्जर० सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने ९मर्जर० तथा प्राप्ति ९एक्विजिशन० सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको हो । सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने भएको हुँदा दुवै बैंकका सेयरधनीहरुसँग जति कित्ता सेयर छ त्यति नै नयाँ बन्ने बैंकको सेयर प्राप्त गर्नेछन् ।
यी २ बैंक एक आपसमा गाभिएपश्चात् नेपालको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस