नेपालमा विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न बाटो खुलेको छ ।
सोमवार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने शर्तसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै लामो समयदेखि यस्ता कम्पनी स्थापना गर्न नसकी लगानी ल्याउन नपाएका दाङ सिमेन्ट जस्ता उद्योग तथा परियोजनाहरूले अब कम्पनी स्थापना गरी लगानी ल्याउन पाउने भएका छन् ।
औद्योगिक व्यवसाय ऐन–२०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार नेपालमा इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने व्यवस्था भए पनि अहिले मात्रै कम्पनी स्थापनाका लागि नीतिगत व्यवस्था गरिएको हो । योसँगै दाङ सिमेन्टले रू. १३ अर्बको एसएच इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने भएको छ ।
यसरी स्थापना हुने कम्पनीमा विदेशी लगानीकर्ताको ८५ प्रतिशत र बाँकी १५ प्रतिशत लगानी भने नेपाली लगानीकर्ताको हुनेछ ।
आर्थिक अभियान दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस