Like us!
Follow us!
Connect us!
Watch us!

बत्तीस लाख लुटेर फरार समूह पक्राउ

आइतबार, २१ जेठ २०७४, १८ : १९ मा प्रकाशित

बत्तीस लाख लुटेर फरार समूह पक्राउ

अर्थ संसार, काठमाडौँ– महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । 

महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धादिङका अञ्जान थापा, सरोज श्रेष्ठ, गोरखाका सिजन अधिकारी, सन्तोष बोहरा, गुल्मीका ज्ञानबहादुर पुरी र बाग्लुङका तारा बोहरा पक्राउ परेका हुन् । 

पक्राउ परेकासँग महाशाखाले रु चार लाख १७ हजार नगद, नक्कली सुनजस्तो धातु र दुई थान मोटरसाइकल बरामद गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले जानकारी दिनुभयो । 

घटनाका मुख्य योजनाकार भने फरार रहेकाले उनको खोजी कार्य जारी रहेको महाशाखाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको