नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचीकृत कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरेको छ ।
नेप्सेले गरेको बर्गिकरणमा ए समूहमा २० वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ४ वटा हाइड्रोपावर कम्पनी गरी २८ वटा कम्पनी परेका रहेकाछन् ।
त्यसैगरी बी समूहमा भने १ वाणिज्य बैंकसहित १० वटा कम्पनी परेका छन् भने जी समूहमा २७ वटा कम्पनी परेका छन् । यसैगरी जेड समूहमा १४८ वटा कम्पनी परेका छन्।
साउन १७ गते सूचीकृत कम्पनीहरुसँग वर्गीकरणका लागि आवश्यक विवरण माग गरेकोमा कम्पनीहरुबाट प्राप्त विवरणकै आधारमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ।
नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन आग्रह गरेको हो ।
यस्तो छ नेप्सेको वर्गीकरणको सूची –
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस