Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफको आईपीओ नतिजा अब हेर्न सकिने, यसरी हेर्नुहोस्

अर्थ संसार

शनिबार, ३० साउन २०७८, १३ : ०६ मा प्रकाशित

सानिमा लाईफको आईपीओ नतिजा अब हेर्न सकिने, यसरी हेर्नुहोस्

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे नतिजा अब हेर्न सकिने भएको छ । कम्पनीको आईपीओको बाँडफाँड आज शनिबार सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय, दरबारमार्ग, काठमाडाैँमा भएको हो । 

उक्त आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, प्रभु क्यापिटल लिमिटेडको वेभसाइट https://results.prabhucapital.com/, सानिमा लाइफको वेवसाइट https://sanimalife.com/र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।  

कम्पनीको आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे ।  जसमध्ये १ लाख ६ हजार २९२ आवेदकको आवेदन रद्ध गरिएको थियो भने ५ हजार ४३४ जनाले डूब्लीकेट आवेदन समेत दिएका थिए । त्योमध्ये कुल २३ लाख ८ हजार १२२ आवेदकको आवेदनबाट ५ लाख ४० हजार जनाले सेयर हात पारेको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको