Like us!
Follow us!
Connect us!
Watch us!

टाइम फर्मास्युटिकल्सको आईपीओ कति मूल्यमा आउँदैछ?

अर्थ संसार

मंगलबार, ३० असार २०८३, ०८ : २९ मा प्रकाशित

टाइम फर्मास्युटिकल्सको आईपीओ कति मूल्यमा आउँदैछ?

बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेड को योग्य संस्थागत लगानीकर्ताका लागि गरिएको बोलकबोल (बुक बिल्डिङ) प्रक्रिया सम्पन्न भएको छ। उक्त प्रक्रियाबाट कम्पनीको प्रतिकित्ता कटअफ मूल्य ५०० रुपैयाँ कायम भएको छ।

बुक बिल्डिङ सम्बन्धी प्रचलित व्यवस्थाअनुसार सर्वसाधारण लगानीकर्ताले कटअफ मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्ने भएकाले कम्पनीको आईपीओ प्रतिकित्ता ४५० रुपैयाँ मा आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पूँजी ५३ करोड रुपैयाँ को २०.५० प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ।

यसअन्तर्गत कुल निष्काशनमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ प्रक्रियामार्फत बिक्री गरिसकिएको छ।

यस्तै, बाँकी ६० प्रतिशत अर्थात् ६ लाख ५१ हजार ९०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ। बुक बिल्डिङ विधिबाट निष्काशन हुने सेयरमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम ५० कित्ता का लागि आवेदन दिनुपर्ने व्यवस्था छ।

संस्थागत बोलकबोल प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै कम्पनीले अब सर्वसाधारणमा आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति लिन आवेदन दिनेछ। सेबोनबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सार्वजनिक निष्काशनको मिति सार्वजनिक गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको