नेपाल धितोपत्र बोर्डबाट चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५० संस्थाले धितोपत्र निष्काशन तथा पुँजी परिचालनका लागि स्वीकृति प्राप्त गरेका छन् । बोर्डका अनुसार ती संस्थालाई कुल ६० अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन अनुमति प्रदान गरिएको छ ।
यो तथ्यांक अघिल्लो तुलनामा उल्लेखनीय वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म ४५ संस्थालाई ४३ अर्ब ४५ करोड रुपैयाँ बराबरको निष्काशन स्वीकृति प्रदान गरिएको थियो ।
चालु आर्थिक वर्षमा साधारण सेयर निष्काशनतर्फ आठ संस्थाले स्वीकृति प्राप्त गरेका छन् । ती संस्थालाई कुल २ अर्ब २३ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ ।
त्यसैगरी हकप्रद सेयर निष्काशनतर्फ १३ संस्थाले स्वीकृति प्राप्त गरेका छन् । यी संस्थालाई १३ अर्ब ५१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइएको छ ।
बोर्डका अनुसार चार संस्थाले थप निष्काशनमार्फत १० करोड ७३ लाख रुपैयाँ बराबरको धितोपत्र बिक्री गर्न स्वीकृति प्राप्त गरेका छन् ।
यस्तै, पाँच कम्पनीलाई १५ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन अनुमति प्रदान गरिएको छ । पछिल्ला वर्षहरूमा वैकल्पिक वित्तीय स्रोतको रूपमा ऋणपत्रप्रति कम्पनीहरूको आकर्षण बढ्दै गएको देखिन्छ ।
सामूहिक लगानी योजनातर्फ पनि उल्लेखनीय गतिविधि देखिएको छ । बोर्डले १५ वटा सामूहिक लगानी योजनालाई ११ अर्ब ८० करोड रुपैयाँ बराबरको योजना निष्काशन गर्न स्वीकृति दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस