Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश र हकप्रद सेयर पारित गर्न ङादी ग्रुपले डाक्यो साधारसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, १० : १५ मा प्रकाशित

लाभांश र हकप्रद सेयर पारित गर्न ङादी ग्रुपले डाक्यो साधारसभा, बुकक्लोज कहिले ?

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले ङादी ग्रुप पावर लिमिटेडले बोनस सेयर र बोनस वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीको आठौँ वार्षिक साधारण सभा असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ । सभाले बोनश सेयर पारित गर्नुका साथै बोनश पछिको चुक्ता पुँजीको १ः२ को रेसियोमा हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्नेछ । 

कम्पनीको साउन ३१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण्मसभा प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । अर्थात भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुमात्र साधारणसभामा सहभागी हुन सक्नेछन् । 

त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

611b3c5acd91d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको