Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियालाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकको अनुमति

अर्थ संसार

मंगलबार, १९ जेठ २०८३, १३ : २३ मा प्रकाशित

एनआईसी एशियालाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकको अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले आज पूर्व–स्वीकृति प्राप्त गरेको हो।

बैंकले नेपाल राष्ट्र बैंकबाट हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने पूर्व–स्वीकृति पाएको हो ।
हकप्रद सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिनेछ । नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति र साधारण सभाबाट पारित भएपछि मात्र उक्त अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढ्ने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको