Like us!
Follow us!
Connect us!
Watch us!

श्वेत गंगा हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, १५ : ४५ मा प्रकाशित

श्वेत गंगा हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा  जारी पूँजीको ३० प्रतिशतले हुन आउने ४७ कराेड ७९ लाख रूपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हाे ।

कम्पनीले उक्त प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।   

कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनामा लगानी गर्न कम्पनीले आईपीओ ल्याउन लागेकाे हाे ।

यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको