Like us!
Follow us!
Connect us!
Watch us!

एक्जेम्प्लरसँगको सहकार्यपछि सगुनको मिनी आईपीओ भदाै १५ मा बन्द हुने

अर्थ संसार

बुधबार, ०२ भदौ २०७८, १४ : ०२ मा प्रकाशित

एक्जेम्प्लरसँगको सहकार्यपछि सगुनको मिनी आईपीओ भदाै १५ मा बन्द हुने

सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आईपीओ) अन्तर्गत उपलब्ध गराइएका सेयरहरु ३१ अगष्ट २०२१ (न्यूयोर्क समय मध्य रात १२ बजे) सम्म  खरीद गर्न सकिनेछ ।  इच्छुक लगानीकर्ताहरुले ‘सी' क्लासको सेयर, प्रति सेयर ३० डलरको दरले कम्तीमा ९०० डलरको सेयर खरिद गर्न पाउनेछन् ।  गत जुलाई महिनाको अन्त्यसम्ममा संसारभरिका ४ हजार ५ सय भन्दा बढी लगानीकर्ताहरुले सगुनका सेयर किनेका छन्। 

सगुनले भर्खरै जून २०२१ मा अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिंग, संग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे 'स्ट्राटेजीक पार्टनरशिप' सम्बन्धी सम्झौता गरेकाे छ । उक्त सम्झौता अनुसार अहिलेको रेग ए प्लस (मिनी आईपीओ) बन्द गर्न लागिएकाे हाे । सगुनकाे व्यवसायका लागि आवश्यक पूँजी जुटाउने जिम्मा सोही कम्पनीले लिएको छ । 

रेग ए प्लस (मिनी आईपीओ) स्वीकृत भएका कम्पनीहरुमा विश्वभरिका  लगानीकर्ताहरुले सेयर खरीद गर्न सक्नेछन् । नेपाल सरकारको नियम अनुसार नेपालभित्र बसोबास गर्ने नेपालीहरुले सेयर खरिद गर्न नपाएता पनि संसारभरी रहेका गैर आवासीय नेपालीहरु लगायत अन्य सबैले सगुनको सेयर किन्न पाउनेछन् ।    

सगुनको सेयर खरीद गर्न www.sagoon.com/invest मा गएर आवेदन दिन सकिनेछ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको