Like us!
Follow us!
Connect us!
Watch us!

सगुनको आइपिओमा लगानी गर्ने अवसर अब जम्मा १ दिन बाँकी !

अर्थ संसार

बुधबार, १४ असोज २०७७, १० : ३५ मा प्रकाशित

सगुनको आइपिओमा लगानी गर्ने अवसर अब जम्मा १ दिन बाँकी !

अर्थ संसार, अमेरिका – संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन, ले खोलेको मिनि ९आइपिओ० मा लगानी गर्ने अवसर बुधबार एक दिन मात्रै बांकी रहेको  छ।

कम्पनीले  “ग” श्रेणीको साधारण शेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ ।अमेरिकी समय अनुसार बुधबार (सेप्टेम्बर ३० तारिख)  मध्य रात सम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले सगुनको शेयर  खरिद गर्न पाउनेछन् ।  कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा  खरिद गर्न सकिने प्रावधान रहेको छ ।  सगुनको शेयर खरिद गर्न इच्छुक व्यक्तिले  www.sagoon.com/invest   मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ ट्याब छनोट गरी लगानीका लागि आवेदन दिन सक्ने कम्पनी ले जनाएको छ। 

सगुन एपमा नयाँ फिचर:

सगुनले यसै हप्ता आफ्ना लगानीकर्ताहरुका बीच एउटा  नयाँ फिचर मुड टकको बेटा भर्सन सार्वजनिक गरेको छ | सगुनले फरक प्रकारका च्याट फिचरहरू प्रयोगकर्ताहरुबीच चाडै नै सार्वजनिक गरिने जनाएको छ | भिन्दाभिन्दै मुडहरुको आधारमा भावनात्मक कुराकानी गर्न सकिने फरक अवधारणाबाट ल्याइँदै गरेको नयाँ फिचरले प्रयोगकर्ताहरूको मन जित्न सक्ने विश्वास सगुनले लिएको छ |

सगुनको भिजनमा साथ दिने र विश्वास गर्ने लगानीकर्ता खोजेका हौँ ः सह–संस्थापक कविन  सिटौला सन् २०२१ को शुरुमा सेकेण्डरी आइपिओमा जाने रणनीति रहेकोले पनि मिनि आइपिओमार्फत लगानीको अवसर यही नै अन्तिम पटक हुने सगुनका सह–संस्थापक कविन सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लगानी गर्नासाथ प्रतिफल खोज्ने सोच होइन, भविष्यको लागि र सगुनको भिजनमा साथ दिने र विश्वास गर्ने प्रवासी नेपालीले सगुनमा लगानी सनिश्चित गर्न सक्नुहुन्छ ।’  हाल सगुनका ८१ लाख बढी प्रयोगकर्ता छन् । सगुनका आफ्नै नविनतम फिचरहरु भएकोले पनि प्रयोगकर्ता दिनदिनै बढ्दै गएको सिटौलाको भनाई छ ।

सगुनलाई किन रोज्ने ?

सगुनका लगानीकर्ता मध्येका एक अमेरिकाका चिन्ता बजगाई स्टार्ट अप कम्पनीमा लगानी गर्दा ढिलो भएपनि प्रतिफल धेरै र उत्साह जनक  आउने बताउनुहुन्छ ।  बजगाई भन्नुहुन्छ, ‘स्टार्ट अप कम्पनीमा  जोखिम हुन्छ,  तर त्यही जोखिम मोलेर लगानी   गरियो भने भोलिका दिनमा ठूलो प्रतिफल आउन सक्छ    अर्को कुरा पहिले नै स्थापित भइसकेका कम्पनीका सुरक्षित लगानीमा प्रतिफल पनि कम हुन्छ । सगुन जस्तो उदाउँदै गरेको कम्पनीमा गर्नुभयो भने, सगुनको मात्रै वृद्धि  नभई स्वयं लगानीकर्ताको पनि आर्थिक भविष्य  सुरक्षित हुन्छ र महत्वपूर्ण कुरा तपाईले प्रतिफल पनि राम्रो पाउनुहुन्छ, त्यसैले आज सगुनलाई रोज्दा भोलि पछुताउनु पर्दैन ।’

सगुनको आज हेरेर भन्दा पनि भविष्य सोचेर आफूले लगानी गरेको बजगाइको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘मैले लगानी गरेका ११३ अमेरिकी स्टार्ट अप कम्पनीमध्ये सगुनलाई मैले  उत्कृष्ट पाँचमा राखेको छु, अन्य स्टार्ट अप कम्पनिमा लगानी गरेको अनुभवले पनि भन्छु सगुन भोलिका लागि सुरक्षित छ ।’

'सगुन लगानीका लागि उत्कृष्ट गन्तव्य'

सगुनका एकजना  लगानीकर्ता तथा  सगुनका यूरोप संयोजक युवराज सेडाई, सगुन लगानीका लागि उत्कृष्ट गन्तव्य भएको निष्कर्षसहित आफू सगुनमा होमिएको बताउनुहुन्छ ।सन् २०१७ बाटै आइपीओ सार्वजनिक गरेको सगुनका लगानीकर्ताले आजसम्म पनि अपेक्षित प्रतिफल प्राप्त गर्न सकेका छैनन् भन्ने केहि गुनासो सुनिए पनि सेडाई भने जुनसुकै स्टार्ट अप कम्पनीमा आइसकेपछि यसभित्रका सुरुवाती चुनौतीलाई पनि स्वीकार्नै पर्ने बताउनुहुन्छ ।

सेडाई भन्नुहुन्छ, ‘सगून आफ्नो फिचरहरु विस्तार गर्न, प्रोडक्टहरू बनाउन, बजारीकरण गर्न र टिमलाई दिगो बनाउन पैसा संकलनमा लागेको हो । ‘कुनैपनि स्टार्ट अप कम्पनीमा लगानी गर्न पाउनु एउटा निकै ठुलो  मौका भएको सेढाँईको भनाई छ ।  अहिले गरेको सानो लगानीले भोलि ठुलो  मौका प्रदान गर्ने  र त्यस्तो मौका गुमाउन नहुने उहाँ बताउनुहुन्छ ।

सगुनले सन्  २०२३ सम्ममा न्युयोर्क  स्टक एक्सचेन्जमा सूचिकृत हुने लक्ष्य राखेको छ । सगुनका ४ हजार बढी लगानीकर्तामध्ये झन्डै ९० प्रतिशत लगानीकर्ता नेपालीभाषी छन् ।

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको