Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस र Taptap Send बीच रेमिटान्स कारोबार सुरु

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, १४ : १२ मा प्रकाशित

सिटी एक्सप्रेस र Taptap Send बीच रेमिटान्स कारोबार सुरु

UK को ख्यातिप्राप्त Taptap Send  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Taptap Send का तर्फबाट निर्देशक Michael Faye ले हस्ताक्षर गरेका छन् ।

UK मा रहेका नेपालीहरुले Taptap Send को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।  नेपालमा सिटी एक्सप्रेससँग आवद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टै नै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिनेछ । साथै हरेक करोबारमा SMS द्वारा जानकारी पनि गराईन्छ ।

सिटी एक्सप्रेसले विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको