Like us!
Follow us!
Connect us!
Watch us!

कुन बेला दशा लागेर सर्वाेत्तमको सेयर किनेछु : नेप्सेका पूर्व सिइओ साउदसँग कुराकानी

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, ११ : ०२ मा प्रकाशित

चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीका नाममा खरिद गरेपछि विवादमा मुछिए । नियामक निकायका पदाधिकारीले बुक विल्डिंग विधिबाट सेयर निस्कासन गर्न लागेको कम्पनीको सेयर परिवारका सदस्यका नाममा खरिद गर्नु गैरकानुनी भएको आवाज उठेपछि उनीसँग अर्थमन्त्रालयले स्पष्टिकरण सोध्यो ।

संसदीय समितिमा गएर उनले स्पष्टिकरण दिनु पर्यो । यी सबै घटनाक्रम विकास भएपछि साउदले नैतिकताका आधारमा पदबाट राजिनामा दिएका छन् । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी पद निकै आकर्षक मानिन्छ । उक्त पदमा नियुक्तिका बेला समेत साउदले राम्रै रकम खर्च गरेको चर्चा बजारमा थियो ।

सुरुमा साउदले आफूले कानुन नमिचेको दावी गर्दै आए । अहिले आएर उनले फेरि राजिनामा दिए । आकर्षक पद छाड्नु पर्ने वाद्यता आउनु परेपछि तपाइँले गर्नु नहुने काम त गर्नु भएको हो रहेछ भन्ने प्रमाणति भयो नि हैन ? भनेर हामीले साउदलाई सोध्यौं । तपाइँले छानविनलाई सजिलो होस् भनेर राजिनामा दिनु भयो, यो प्रकरण बाहिर आएको त केही साता भइसक्यो ।

त्यतिखेर अर्थमन्त्रालयले स्पष्टिकरण सोध्नासाथ किन राजिनामा दिनु भएन ? तपाइँलाई नैतिकताको पाठ अहिले आएर चाहिँ कसले पढायो ? उनलाई सोधिएको अर्को प्रश्न थियो । तपाइँले साँच्चै नैतिकता देखाएको कि अर्को पटकलाई नियुक्ति खान बाटो खोलेको ? किनभने अहिले तपाइँको अनुकूलको सरकार बनेको छ ।

ब्रोकर लाइसेन्स कसले किन रोक्यो? नियत कसको खोटो? चन्द्र सिंह साउदको विशेष खुलासा |Chandra Singh Saud

अहिले तपाइँको कार्यकाल धेरै बाँकी पनि थिएन । अहिले राजिनामा दिए फेरि नियुक्ति लिन सजिलो हुन्छ भनेर त हैन ? तपाइँले एउटै तिरले दुई शिकार गर्नु भएको पनि चर्चा छ । एउटा त अर्को नियुक्तिका लागि सजिलो हुन्छ भनेर, त्यसको उत्तर तपाइँले दिइसक्नु भयो । अर्को चाहिँ तपाइँले धितोपत्र बोर्डका अध्यक्ष नियुक्त भएर आएपछि उहाँसँग निकै जोरी खोज्नु भयो ।

अहिले उहाँ पनि सवोत्तमको सेयर प्रकरणमा विटुलिनु भयो । उहाँमाथि पनि अनुसन्धान भइरकोे छ । तपाइँले राजिनामा दिएर उहाँलाई पनि राजिनामा दिन दवाव सिर्जना गर्नु भएको हो ? अहिले तपाइँले कानुनको छिद्र हेरेर सेयर खरिद गर्नु भयो । भोलि त्यो कम्पनीले आइपिओ निस्कासन गर्छ ।

चन्द्र सिंह साउदलाई यक्ष प्रश्न: के सर्वोत्तम सिमेन्टले सेयर दिएर नियमकलाई प्रभावित पार्न खोजेको हो?

नेप्सेमा सूचिकृत हुन्छ भन्ने जगजाहेर छ । त्यो अबस्थामा नेप्सेको प्रमुखले आफ्नी श्रीमतीले सेयर होल्ड गरेको कम्पनीको सूचनाका आधारमा इन्साइडर टेडिंग गर्दैन भनेर कसरी विश्वास गर्ने ? बजारमा सर्बोत्तमले बुकविल्डिंग विधिबाट प्रतिकित्ता ७५० रुपैयाँमा सेयर निस्कासन गर्ने भनेर एकप्रकारले मिडिया क्याम्पेन नै चलाएर त्यो मूल्य सहिछ मनेर सबैको दिमाग भुट्न खोज्यो । त्यही कम्पनीले धितोपत्र बोर्डका पदाधिकारी र नेप्सेको प्रमुखको परिवारलाई सस्तोमा सेयर बेचेर त्यस्तो महंगो मूल्यलाई नियामकबाट समर्थन खोज्यो ।

तपाइँहरुलाई सस्तोमा सेयर दिएर सर्बसाधारणलाई मुर्गा बनाउन यो प्रपन्च रचिएको हैन भनेर कसरी विश्वास गर्ने ? अर्थसंसार टकका लागि अर्थसंसार डटकमका प्रधानसंपादक लीलानाथ घिमिरेसँगको कुराकानीमा साउदले यस्तै दर्जनभन्दा बढी प्रश्नको सामना गरे । उनले अन्ततः कुन बेला दशा लागेर सेयर किनेछु भन्न समेत भ्याए । उनै साउदसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको