Like us!
Follow us!
Connect us!
Watch us!

सत्तरी केजी चरेस बरामद

बुधबार, २४ जेठ २०७४, ०८ : ४५ मा प्रकाशित

सत्तरी केजी चरेस बरामद

अर्थ संसार,धादिङ -गजुरीस्थित प्रहरीले मङ्गलबार बिहान लुकाई छिपाई नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस बरामद गरेको छ । 

सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले गजुरी हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १३७ नंको एल।पी ट्रकलाई पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ बेनिघाट बजारमा रोकेर खानतलासी गरी उक्त परिणामको चरेस बरामद गरेको हो । 

उक्त ट्रकका चालक छिमेकी जिल्ला मकवानपुरको मनहरि गाउँपालिका–६ बस्ने ३२ वर्षीय कृष्णबहादुर राई र सोही स्थान बस्ने सहचालक १८ वर्षीय आयुष लामालाई पक्राउ गरिएको छ । पोका पारेर टेपले बाँधेर बेवारिस अवस्थामै ट्रकको पछाडि बोरामा राखेर त्रिपालले छोपेको अवस्थामा चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । 

प्रहरीले लागुऔषध चरेस, ओसारपसारमा प्रयोग गरेको ना ६ ख १३७ नंको ट्रक र ओसार पसारमा संलग्न कृष्णबहादुर राई र आयुष लामालाई आवश्यक कानुनी कारबाहीका लागि पक्राउ गरी जिल्ला प्रहरीमार्फत थप अनुसन्धान कार्य भइरहेको छ । 

चालक कृष्णकुमार यसअघि नै लागूऔषध ओसारपसार गरेबापत दुई वर्ष कैद भोगी गत महिना मात्रै रिहाइ भएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको