Like us!
Follow us!
Connect us!
Watch us!

प्रकाश शपुतले उद्घाटन गरे 'मेरो किसान मार्ट', गोलभेडा प्रतिकेजी १० रुपैयाँ

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, ११ : ५५ मा प्रकाशित

‘सस्तो पनि, स्वस्थ्य पनि’ भन्ने मूल नाराको साथ मेरो किसान मार्ट सञ्चालनमा आएको छ । बुधबार धापासी ८ टोखामा नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा मोडल प्रकाश सपुतले एक कार्यक्रमको बीच मार्टको उद्घाटन गरेका छन् ।

मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत अर्गानिक तरकारीहरु पाईनेछ । करिव ३० लाख भन्दा बढी लागतमा सञ्चालमा आएको मार्ट उद्घाटन भएको एक हप्तासम्म प्रत्येक आइटममा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

मार्टमा प्रतिकेजी १० रुपैयाँमा अर्गानिक गोलभेडा बिक्री भैरहेको मार्ट सञ्चालक विजय महतोले बताएका छन् । "दुख गर्ने किसान र ग्राहककोबीच हुने विचौलियाको कमिसनको अन्त्य गर्न गर्न मार्ट सञ्चालनमा ल्याएका हौँ, सञ्चालक महतोले भने- ''किसानले सिधै मेरो किसान मार्टमा ल्याएर बेच्न सक्छन् र ग्राहकले पनि सस्तो मूल्यमा स्वस्थ्य तयारकारी किन्न पाउनेछन् । बीचमा कुनै बिचौलियाको भूमिका हुँदैन ।"

612f2a5da0e89.jpg 612f2a634a2b9.jpg 612f2a698fede.jpg 612f2a75cfb22.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको