Like us!
Follow us!
Connect us!
Watch us!

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, १७ : ०७ मा प्रकाशित

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा

सुरु भएको एक वर्ष नपुग्दै मेचीदेखि महाकालीसम्म फैलिएर नेपालकै ठुलो रिटेल चेन बन्न सफल साथीमार्टले काठमाडौँको केन्द्र मैतिदेवीमा ७६ औँ आउटलेट सञ्चालनमा ल्याएको छ ।

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुविधासहित आएको साथीमार्टको मैतिदेवी आउटलेट फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेटको पुर्ण स्वामित्व (कोको मोडल) मा रहने साथीमार्ट इनकर्पोरेटका संस्थापक सिइओ सागर पोख्रेलले बताएका छन् ।

आउटलेट काठमाडौंको मध्य क्षेत्रमा रहेकोले ब्रान्ड भ्यालु तथा स्टोरको बिक्रीमा समेत सकरात्मक प्रभाव पर्ने पोख्रेलको अपेक्षा छ । उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM)  मा आफुलाई आवश्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

स्टोरमा ग्राहकले ३५ प्रतिशतसम्मको आकर्षक छुट फल्यास सेल, डिल अफ द मन्थ जस्ता अफर गरि ग्राहकलाई सहुलियत दिइने बताइएको छ। ब्रान्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप विशेषता रहने छन् ।

साथीमार्टका आफ्नै उत्पादन पनि बिशेष छुटमा मार्टमा खरिद गर्न सकिनेछ । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुनेछ । करिब ८० लाखको लगानीमा सुरु गरिएको पोख्रेलले जानकारी दिएका छन् ।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान बिशेष छुटमा उपलब्ध छन् ।

त्यसका साथै, यस अर्थीक वर्षभित्र फ्रेन्चाइज बाहेक साथीमर्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० वटा  आउटलेट खोलिने पोख्रेलले बताए ।

एफीलीएट योजन समेत सुरु हुने भएकाले केही महिनामै काठमाडौंका हजारौँ युवाले स्वरोजगार हुने मौका पाउने संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको