Like us!
Follow us!
Connect us!
Watch us!

वीरगञ्जमा खुल्यो साथीमार्टको नयाँ आउटलेट

अर्थ संसार

विहीबार, १४ पुस २०७९, १२ : ११ मा प्रकाशित

वीरगञ्जमा खुल्यो साथीमार्टको नयाँ आउटलेट

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको आउटलेट वीरगञ्जको पान गल्लीमा सञ्चालनमा आएको छ । विगत ४० वर्षदेखि ग्रोसरीको होलसेलरको रूपमा व्यवसाय गर्दै आएकी अल्पना रौनियार र उनको परिवारले सो आउटलेट सञ्चालनमा ल्याएकी हुन् ।  

आउटलेटको बुधबार बिहान एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । यो आउटलेट ४ सय ८० स्क्वायर फिटमा फैलिएको छ । विरगंजमा यसअघि साथीमार्टको एक आउटलेट सञ्चालनमा आइसकेको छ । अहिले साथीमार्टको दोस्रो आउटलेट सञ्चालनमा आउन लागेको हो ।

यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् । यो आउटलेट कम्पनीको १ सय १८ औं आउटलेट हो । 

उपभोक्तालाई सहुलियत दरमा सामान उपलब्ध गराउने आउटलेटले जनाएको छ ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट   (www.saathimart.com)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको