Like us!
Follow us!
Connect us!
Watch us!

पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

विहीबार, २५ जेठ २०७४, ०९ : ०१ मा प्रकाशित

पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

अर्थ संसार, बुटवल - नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ । 

नेपालबाट भारतीय बजारमा पु¥याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो । 

सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा संवेदनशील अङ्गमा लुकाएको अफिम फेला पारेको हो । पक्राउ पर्नेमा दाङ घोराहीकी २७ वर्षीया विषमाया बुढामगर, दाङ लालमटियाकी २१ वर्षीया सकुन्तला बुढामगर र सोही ठाउँकै १९ वर्षीया कामना पुनमगर रहेका छन् । 

दाङमा स्नातक तहमा अध्ययन गर्दै गरेका युवतीले अपरिचित व्यक्तिको फोनको इसारामा रु १५ हजार दिने सर्तमा बुटवलबाट सुनौलीसम्म अफिम पु¥याउने जिम्मा लिएको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । 

बरामद गरेको अफिमको अन्तर्राष्ट्रिय मूल्य करिब रु दुई करोड ५० लाख पर्ने इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रवीन विष्टले जानकारी दिनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको