Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकममा भने केहि सुधार

नेप्से

विहीबार, २४ भदौ २०७८, १५ : १४ मा प्रकाशित

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकममा भने केहि सुधार

सेयर बजार आज (बिहिबार) सामान्य अंकले घटेको छ । नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकममा भने सामान्य बृद्धि भएको छ । बिहिबार नेप्से परिसूचक ०.०२ प्रतिशतले बढ्दा कारोबार रकम ७ अर्ब नाघेको छ । हिजो बुधबार पनि नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा झरेको थियो भने ६ अर्ब ६४ करोडको सेयर कारोबार भएको हो ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहिबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.६२ अंकले घटेर २८७५.९८ विन्दुमा झरेको छ । नेप्से ०.०२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.५३ अंकले घटेर ५३५.२९ को विन्दुमा पुगेको छ ।

कूल २३० वटा कम्पनीको एक करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकि ९ उपसमूहको सेयर मूल्य घटेको छ । 

बिहिबार हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ । आजको बृद्धि पछि सानिमा लाईफको सेयर मूल्य ५४७.१० रुपैयाँ पुगेको छ । 

बिहिबार रिडी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । 

बिहिबार पनि सर्वाधिक कारोबार हुने कम्पनीहरूको अग्र स्थानमा रिडी हाइड्रोपावरमा कम्पनी लिमिटेड रहेको छ । कम्पनीको ४९ करोड ३९ लाख ४९ हजार २ सय २३ रूपैयाँ बराबरको कारोबार भएको हो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको