राप्ती हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासन गर्न भदाै ८ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे ।
कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस