Like us!
Follow us!
Connect us!
Watch us!

दाेश्राे बजारमा राप्ती हाइड्रोको काराेबार सुरू, कतिमा खुल्याे ?

अर्थ संसार

बुधबार, १५ भदौ २०७९, ११ : ०५ मा प्रकाशित

दाेश्राे बजारमा राप्ती हाइड्रोको काराेबार सुरू, कतिमा खुल्याे ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (भदाै १५ गते, बुधबार) राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ३ सय १९ रूपैयाँमा भएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०६ रूपैयाँ ३५ पैसादेखि अधिकतम ३ सय १९ रुपैयाँ ०५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे  थियाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि RHGCL सिम्बाेल प्राप्त गरेकाे छ ।

मंगलबार कम्पनीकाे ६१ लाख २७ हजार ९३८ कित्ता साधारण सेयर (आईपीओ)  धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

कम्पनीले  असार २९ गतेदेखि श्रावण १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको थियाे । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको