Like us!
Follow us!
Connect us!
Watch us!

हुण्डी कारोबारीको हेल्मेटभित्र पाँच लाख रुपैयाँ !

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, ११ : ३७ मा प्रकाशित

हुण्डी कारोबारीको हेल्मेटभित्र पाँच लाख रुपैयाँ !

पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका(१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई पक्राउ गरेको हो ।

टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको  मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

वीरगञ्जका अन्सारीले हेल्मेटभित्र पाँच लाख रुपैयाँ लुकाएको पाइएको प्रहरीको दाबी छ । उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको