Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली आवाज माथि भएको आक्रमणप्रति सामुदायिक रेडियो प्रसारक संघको आपत्ति

शुक्रबार, २६ जेठ २०७४, २१ : ५६ मा प्रकाशित

कर्णाली आवाज माथि भएको आक्रमणप्रति सामुदायिक रेडियो प्रसारक संघको आपत्ति

अर्थ संसार, काठमाडौं - हुम्ला जिल्लाको सिमिकोटमा सञ्चालित सामुदायिक रेडियो कर्णाली आवाजको स्टेसनमा बिहीबार गरिएको आक्रमण र तोडफोडप्रति सामुदायिक रेडियो प्रसारक संघ घोर भत्र्सना गरेको छ ।

 विगत ६ वर्षदेखि हुम्ला र आसपासका क्षेत्रका समुदायलाई सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रताको निम्ति सञ्चालित सामुदायिक रेडियो माथि बर्वरतापूर्ण आक्रमण गर्ने  दोषिलाई अविलम्ब कानुनी कारवाहीका लागि सरकार समक्ष जोडदार माग माग गरेको छ ।

 संघले निर्वाध र भयरहित वातावरणमा रेडियो प्रसारण गर्न पाउने आवश्यक व्यवस्थाका निम्ति समेत हामी सरकार समक्ष आग्रह गरेको छ । मानसरोवर माध्यमिक विद्यालयका शिक्षकहरु अमरबहादुर शाही ,रेशमराज रोकाया, पाल्जोर लामा, नेत्रबहादुर शाही एवं नर बोहोरा लगाएतको टोलीले एक्कासी रेडियोमा प्रवेश गरी तथानाम गाली गलौज गर्दै प्राविधिक प्रमूख अर्जुन बोहोरालाई आक्रमण गरेको प्रेस विज्ञेप्तीमा उल्लेछ ।

प्रेस विज्ञेप्ती अनुसार फलामको हेण्डलले टाउकोमा हिर्काएपछि बोहोरा घाइते हुनु भएको छ भने समाचार कक्षमा भएको डेक्टप कम्प्युटर १ थान, प्रीन्टर र फोटोकपी १ थान, ल्यापटप १ थान, टेलिफोन १ थान क्षति पुगेको छ ।  

शिक्षकजस्तो मर्यादित र संवेदशील पेशामा रहेकाहरुबाट नागरिकलाई अत्यावश्यक सूचना र जानकारी प्रदान गर्ने रेडियोमा प्रवेशगरि कल्पना समेत गर्न नसकिने हर्कत गरेकोमा सामुदायिक रेडियो प्रशारक संघ दुःख व्यक्त गरेको छ ।  घाइतेको तत्काल उपचार, रेडियोमा भएको भौतिक क्षतीको शोधभर्ना गराउन अकोराब नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको