Like us!
Follow us!
Connect us!
Watch us!

निलम्बित भीष्मराज ढुंगानाको मुद्दाबारे सर्वोच्चले जारी गर्याे कारण देखाउ आदेश

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, १८ : ०३ मा प्रकाशित

निलम्बित भीष्मराज ढुंगानाको मुद्दाबारे सर्वोच्चले जारी गर्याे कारण देखाउ आदेश

निलम्बित भएका धिताेपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाकाे मुद्दाबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेकाे छ । अदालतले सरकारलाई ढुंगानालाई निलम्बन गर्नुको कारण पेश गर्न आदेश दिएको हाे ।

आफू निलम्बनमा परेपछि ढुंगानाले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

भदाै १६ गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियाे । सरकारले गठन गरेको टोलीमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र  नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । 

छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए । निलम्बित ढुंगानाले भदौ २३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कानून विपरित सर्वाेत्तम सिमेन्टकाे सेयर छाेरीकाे नाममा खरिद गरेकाे विषयमा उनकाे छानबिन भइरहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको