Like us!
Follow us!
Connect us!
Watch us!

भिष्मराज ढुंगानाद्वारा दायर मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १७ : ०९ मा प्रकाशित

भिष्मराज ढुंगानाद्वारा दायर मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले दायर गरेकाे मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेकाे छ । 

न्यायाधिश तेज बहादुर केसीको एकल इजलाशले भिष्मराज ढुंगानालाई बर्खास्त गर्नुको कारण माग गर्दै नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।  नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पुनर्बहालीको माग गर्दै भिष्मराज ढुंगानाले कार्तिक ७ गते मुद्धा दायर गरेका थिए ।

असाेज १९ गते, मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरेकाे थियाे । उनले दिएका  स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएपछि सरकारले ढुंगानालाई बर्खास्त गरेको हाे ।

भदाै १६ गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियाे । छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए ।

ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा सरकारले उनलाई स्पष्टिकरण साेधेकाे थियाे ।  उनले आइतबार सरकारलाई स्पष्टीकरण बुझाएका थिए । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएपछि सरकारले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको