Like us!
Follow us!
Connect us!
Watch us!

साताभरमा ५ अर्ब ३९ करोडले बढ्याे विकास बैंककाे कर्जा लगानी, निक्षेप संकलन कति ?

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १३ : ०५ मा प्रकाशित

साताभरमा ५ अर्ब ३९ करोडले बढ्याे विकास बैंककाे कर्जा लगानी, निक्षेप संकलन कति ?

एक साताको अवधिमा विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्धि भएको छ । यस सातासम्म १५ विकास बैंकले निक्षेप संकलन ०.५९ प्रतिशत र कर्जा लगानी १.४६ प्रतिशतले बढाएका हुन् । 

गत साता ४ खर्ब १७ अर्ब ३६ करोड रुपैँया रहेको विकास बैंकहरूकाे निक्षेप संकलन यस साता २ अर्ब ४८ करोडले बढेर ४ खर्ब १९ अर्ब ८४ करोड रूपैयाँ  पुगेकाे छ । 

त्यसैगरी, डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालका अनुसार विकास बैंकहरूकाे कर्जा लगानी पनि ५ अर्ब ३९ करोड रूपैयाँले बढेर ३ खर्ब ७४ अर्ब १९ करोड रूपैयाँ पुगेकाे छ । गत साता विकास बैंकहरूकाे कर्जा लगानी ३ खर्ब ६८ अर्ब ८० करोड रूपैयाँ रहेकाे थियाे ।

गत साताकाे तुलनामा क्षेत्रीय विकास बैंकहरुको निक्षेप भने याे साता घटेकाे छ । विकास बैंकको निक्षेप एक सातामा ८ लाख ४० हजार रूपैयाँले घटेर ३१ अर्ब ९७ करोड ६९ लाख रूपैयाँमा झरेकाे हाे । गत साता ३१ अर्ब ९७ करोड ७७ लाख रूपैयाँ निक्षेप रहेकाे थियाे ।

निक्षेप घट्दा क्षेत्रीय विकास बैंकहरूकाे कर्जा लगानी भने १२ करोड ६६ लाख रूपैयाँले बढेर २८ अर्ब २० करोड रूपैयाँ पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको