Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश  दिने

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १८ : १७ मा प्रकाशित

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश  दिने

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने भएको छ । असोज ६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष (२०७७/७८) को खुद मुनाफाबाट सेयरधनीहरुलाई चूक्तापूँजीको १४ प्रतिशत (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।  

उक्त लाभांशअ न्तर्गत बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ९अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपंैया संचित छ ।

माछापुच्छ्रे  बैंक लिमिटेडले पूर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमाआफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधाप्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको