माछापुच्छ्रे बैंक पाल्पा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री जनता माध्यमिक बिधालय ता.न.पा ३ मा अध्यनरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई झोला र बिधालयको लागि तातो चिसो पानी आउने वाटर डिस्पेन्सर वितरण गरेको छ। बैंकले बिद्यार्थीहरुको आवश्यकता अनुरुप विपन्न वर्गका विद्यार्थीहरुलाई झोला तथा बिद्यार्थीहरुलाई गर्मी तथा जाडो मौसममा तातो चिसो पानी पिउन मिल्ने डिस्पेन्सर सहयोग गरेको हो।
सोमबार एक कार्यक्रमको आयोजना गरि सोही बिधालयको अध्यक्ष श्री भोजराज पोखरेल र प्र.अ श्री हरि प्रसाद घिमिरेलाई बैंकका शाखा प्रबन्धक श्री बिक्रान्त राणाले हस्तान्तरण गर्नु भएको हो।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक पाल्पा शाखालाई बिधालयको तर्फबाट अध्यक्ष पोखरेलले धन्यवाद दिनुभयो भने प्र.अ हरि प्रसाद घिमिरेले बैंकहरुले पछिल्लो समयमा सामुदायिक बिधालयहरुमा यस्ता कार्यक्रमले ठूलो टेवा पुगेको बताउनु भयो साथै शाखा प्रबन्धक बिक्रान्त राणाले माछापुच्छ्रे बैंकको प्रतिनिधित्व गरि सहयोग गर्न पाउदा खुसी ब्यक्त गर्नु भयो। उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा शिक्षकहरुको उपस्थिति थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस