Like us!
Follow us!
Connect us!
Watch us!

अब बैंकहरूले भदौ १५ गतेसम्मको नाफा–नोक्सान हिसाबलाई आधार मानेर लाभांश घोषणा गर्न पाउने

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १६ : ०५ मा प्रकाशित

अब बैंकहरूले भदौ १५ गतेसम्मको नाफा–नोक्सान हिसाबलाई आधार मानेर लाभांश घोषणा गर्न पाउने

बैंकहरूले भाद्र १५ गते भित्रका नाफा नोक्सान हिसाबलाई आधार लिई लाभांश घाेषणा गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले "इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७’ काे प्रथम संशाेधन गर्दै यस्ताे व्यवस्था गरेकाे हाे । 

कार्यविधिमा भनिएकाे छ, "विद्यमान नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard -NFRS) Events after the Reporting Period बमोजिम वित्तीय विवरण जारी गर्ने स्वीकृतिको मिति (Issue Date) सम्मका Adjusting events लाई गत आर्थिक वर्षको वित्तीय विवरणमा समायोजन गर्न सकिने तर लाभांश घोषणा गर्ने प्रयोजनका लागि २०७८ भाद्र १५ गते भित्रका र बाह्य लेखापरीक्षकद्वारा Adjusting events हो भनी प्रमाणित गरेका Events लाई समायोजन गरी हुन आउने नाफानोक्सान हिसाबलाई आधार लिई लाभांश स्वीकृति प्रदान गर्न सकिने ।

तर कर्जा नोक्सानी व्यवस्था फिर्ता रकम समायोजन गर्ने हकमा धितोमा रहेको सम्पत्ति बिक्री तथा ऋणीको आन्तरिक नगद प्रवाहबाट कर्जा चुक्ता गरेको अवस्थामा मात्रै सो कर्जामा कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकमलाई समायोजन गर्न सकिने ।"

कार्यविधि हेर्न यहाँ थिच्नुहाेस् 

614c56246ef9c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको