नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई यो आर्थिक वर्षको धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०७८/७९ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्त सम्म रहेकोले उक्त बार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुले समयमै शुल्क बुझाउन अनुरोध गरेको छ ।
तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ ।
यस्तो छ कम्पनीहरुको लाग्ने शूल्कः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस