Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको बम्पर अफर आयो

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १६ : ०४ मा प्रकाशित

माछापुच्छ्रे बैंकको बम्पर अफर आयो

माछापुच्छ्रे बैंकले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ ।

यो अफर असोज ८ गतेदेखी १७ गतेसम्मका लागि लागु रहनेछ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको क्यास ब्याक पाउन सक्नेछन् । 

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नेछन् । आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट ,सिजिको माइक्रोओभन, सामसुङ्ग माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ,पोलोरोइड क्यामरा,विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु ,फुडमाण्डुबाट गिफ्ट भौचर ,भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेका छन् ।

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन रु.५००० सम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक,कल्पमार्ट,ग्यापु र व्भभखभ कबतजष्  को तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ । Kratos Technology को तर्फबाट विभिन्न ग्याजेटहरु र दराजबाट खरिद गर्दा रु ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ । 

डेबिट र  क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैंकिङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरुमध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंक यही असोज १७ गते २१ वर्ष पुरा गरी २२औँ वर्षमा प्रवेश गर्दैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको