Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा, लाभांश कति?

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, ०७ : २७ मा प्रकाशित

माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा, लाभांश कति?

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरिएको लाभांश प्रस्ताव पारित गर्ने उद्देश्यले साधारण सभा आह्वान गरेको छ। बैंकको २७ औँ वार्षिक साधारण सभा असोज १० गते, कास्कीस्थित होटल पोखरा ग्राण्डमा आयोजना हुने भएको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।


लाभांश र अन्य प्रस्तावहरू

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

त्यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, सर्वसाधारण सेयरधनी समूहतर्फको रिक्त सञ्चालक पदमा समितिले गरेको नियुक्ति अनुमोदन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने जस्ता अन्य एजेन्डा पनि सभाले निर्णय गर्नेछ।


बुकक्लोज मिति

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ २७ गते एक दिन बुकक्लोज गर्ने घोषणा गरेको छ। यसअनुसार, भदौ २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरुले सभामा सहभागी हुने र प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको