Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, १७ : ३८ मा प्रकाशित

माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

माछापुच्छ्रे बैंकले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर सहयोग गरेको छ । ती मल्टिमिडिया प्रोजेक्टर क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरूले पढाइ र सिकाइ क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मल्टिमिडिया प्रोजेक्टर सहयोग गरिएको जनाएको छ ।

माछापुच्छ्रे बैंकले बैंकिङ सेवाका साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ । 

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको