नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले रेमिटेन्स सेवा सुरुगरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा समेत थपिएको हो।
शुक्रबारदेखि सुरु भएको यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन्।अमेरिकी बैंकमा रहेको खाता तथा डेबिटकार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए।
‘आज १२ बजेदेखि नै हाम्रो पात्रोको रेमिटेन्स सेवा सञ्चालनमा आएको छ,’ उनले भने। हाम्रो पात्रोको आईओएस र एन्ड्रोइड दुवै एपमा नयाँ अपडेटसँगै यो सुविधा थपिएको हो।तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशःअस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य मुलुकमा समेत विस्तार गरिने संस्थापक उप्रेतीले बताए।
‘हाम्रो पात्रो एपमार्फत प्रयोगकर्ता आफैँले रकम पठाउन सकिने भएपछि त्यसका लागि हाम्रो ओभरहेड (जनशक्तिमा लाग्ने खर्च) एकदमै कम हुन्छ,’ उनले भने, ‘जसले गर्दा न्यूनतम सेवा शुल्कमा विदेशबाट रेमिटेन्स नेपाल पठाउन सम्भव भएकोहो।
कम्पनीले हाल बजारमा उपलब्ध रेमिटेन्स सेवाको तुलनामा आफ्नो सेवा निकै सस्तोरहेको दाबीगरेको छ। रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत सार्वजनिक गरेको छ।जस अनुरूप दशैं तिहारको अवसरमा प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक सम्मनिःशुल्करुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन्।
तत्कालकालागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकमजम्मा हुने भन्दै कम्पनीले एक महिना भित्र एपमा इन्स्टेन्ट (तुरुन्तातुरुन्तै) रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध हुनेछ।
पात्रोकोरुपमा सुरु भएको हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ।अब एउटै एपमा विनिमयदर हेर्ने र रेमिटेन्स पठाउने सुविधासँगसँगै उपलब्ध भएकोछ। जुनविदेशबाट नेपालमा रकमप ठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रो पात्रोको विश्वासछ।
रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेकोछ।प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडकालागि यहाँक्लिक गरी गुगल प्लेस्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँगएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नु पर्नेछ।
साथै यहाँक्लिक गरेर वेबसाइटबाट समेत हाम्रो पात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ।तर, सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस