Like us!
Follow us!
Connect us!
Watch us!

करोडभन्दा बढी डाउनलोड हुने एप कसरी बन्यो ? डेभलपर शंकर उप्रेतीसँग कुराकानी

अर्थ संसार टक

आइतबार, १७ साउन २०७८, ०० : ०० मा प्रकाशित

नेपाली एप्सका १ करोडभन्दा बढी प्रयोगकर्ता । अर्को एपका प्रयोगकर्ता ८० लाख । डेभलपरलाई त्यसभन्दा बढी खुशी के होला ? हो हाम्रो पात्रो र हाम्रो किबाेर्डका प्रयोगकर्ता क्रमशः १ करोड र ८० लाखभन्दा बढी छन् । ती दुवै एप्सका डेभलपर हुन् शंकर उप्रेती । यी दुवै एपलाई कुनै नेपाली एपले पछ्याउन सकेका छैनन् । पछ्याउन मात्र हैन, धेरै पछाडि छन् अरु एप । युजरले त्यस्तै एप्सलाई आफनो मोबाइलमा धेरै डाउनलोड गर्छन्, जसको प्रयोग बारम्बार भइरहन्छ । शंकरले त्यस्तै एप्स डेभलप गरे ।

हाम्रो किबोर्डले मोबाइलमार्फत सामाजिक सञ्जालमा नेपाली युनिकोडमा स्ट्याटस अपडेट गर्नेदेखि नेपालीमै च्याट गर्न चाहने युजरलाई ठूलो गुन लगाएको छ । हाम्रो पात्रोले नेपाली प्रयोगकर्ताले खोज्ने सबै प्रकारका सामग्री उपलब्ध गराउँछ । के छैन हाम्रो पात्रोमा । दैनिक क्यालेण्डरमा हुने कुराहरु त छँदैछन् । त्यसबाहेक नेपालमा प्रकाशन हुने अधिकांश पत्रपत्रिका, अनलाइनको समाचार एउटै प्लेटफर्ममा उपलब्ध छ । त्यसबाहेक नेपालका अधिकांश एफएम रेडियो यही प्लेटफर्ममा सुन्न सकिन्छ । ज्योतिष सेवा उपलब्ध गराउनेदेखि आफैं कुण्डली बनाउन सक्ने सेवा समेत हाम्रो पात्रोमा उपलब्ध छन् ।

विदेशी मुद्राको विनीमय दर, सुनचाँदी, तरकारीको भाउ, ब्लग साहित्य, इकार्ड के छैन यसमा । हाम्रो पात्रोले विभिन्न जानकारी लिन धेरेवटा एप डाउनलोड गर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । त्यसबाहेक हाम्रो डिक्स्नरी उप्रेतीले डेभलप गरेको अर्को एप हो । अमेरिकाको चर्चित सेक्युरिटी सफ्टवेयर उत्पादक कम्पनी सिम्यान्टिकको प्रिन्सीपल इन्जिनियरको जब छोडेर आफैँले एप डेभलपमेन्ट प्रोजेक्ट सुरु गरेका शंकरले हाम्रो पात्रोमा अडियो भिडियो च्याटको समेत सुविधा उपलब्ध गराएका छन् । उनी यही प्लेटफर्मबाट विश्वका विभिन्न मुलुकबाट रेमिटान्स भित्र्याउने योजनामा छन् । ‘अल इन वन’ जस्तै स्वरुपमा डेभलप गरिएको यस एपमा पात्रोका सम्पूर्ण विशेषता छँदैछन्, त्यसबाहेक यसमा दर्जनभन्दा बढी एप्सले दिने सुविधा छन् ।

शंकरलाई लाग्छ युजर फ्रेन्डली युटिलिटी एप्स बढी पपुलर हुने रहेछन् । उनले निर्माण गरेको अर्को एप नेपाली डिक्सनरीलाई समेत १० लाखभन्दा बढी युजरले आफ्नो मोबाइलमा राखेका छन् । उनी एप्स डेभलप मात्र गर्दैनन्, त्यसलाई कसरी युजरले एकपटक डाउलोड गरेपछि सधैं प्रयोग गरिरहने बनाउने भनेर दिनरात रिसर्चमा लागि रहन्छन् ।

पुल्चोकमा इन्जिनियरिङ कलेजबाट सन २००४ मा कम्प्युटर इन्जिनियरिङ गरेका उनी अमेरिकाको बोस्टनमा इन्जिनियरिङमा मास्टर्स गर्न पुगेका थिए । सन २०१० मा मास्टर्स सकेपछि उनले विश्वभर छरिएर रहेका नेपालीलाई उपयोगी हुने एप्स बनाउने सोचे । त्यतिखेर एप्पलको स्टोरमा नेपाली एप्स त्यती थिएनन् । उनले जहाँसुकै पनि नेपाली तिथी, मिति, चाड, पर्व, राष्ट्रिय दिवस, विदालगायतको जानकारी दिने एप बनाए ‘हाम्रो पात्रो’ । त्यसको अर्को वर्ष उनले यसलाई एन्ड्रोइड प्लेटफर्ममा ल्याए । त्यसलाई अनलाइनमा गएका नेपाली एफएम रेडियोहरू समेत सुन्न सकिने गरी अपग्रेड गरेपछि भने निकै पपुलर भयो ।

अमेरिकामा बसेर उप्रेतीले नेपालमा कार्यालय रहेको हाम्रो पात्रोको नेतृत्व गरिरहेका छन् । हाम्रो पात्रोमा अहिले ४० जनाभन्दा बढीले रोजगारी पाइरहेका छन् ।

अमेरिकाबाट दुई साताअघि नेपाल आएका उप्रेतीसँग अर्थसंसार डटकमका प्रधानसंपादक लीलानाथ घिमिरेले अर्थसंसार टकका लागि गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको