Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १० असोज २०७८, ०६ : २७ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले घोषणा गरेको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज आईतबार अन्तिम दिन रहेको छ  । 

कम्पनीको भदौ ३१ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले चौबिसौँ वार्षिक साधारण सभा असोज २४ गते जुमबाट गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भोलि असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी, कम्पनीले बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १ः०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा पनि गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको