Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अरुण भ्यालीको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

सोमबार, ११ असोज २०७८, ०५ : ५९ मा प्रकाशित

नेप्सेमा अरुण भ्यालीको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्सेमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले घोषणा गरेको १०.५२ प्रतिशत लाभांशका लागि सेयर मूल्य समायोजन भएको छ ।  

कम्पनीको अन्तिम कारोबार मूल्य ५७५ रुपैयाँमा बोनसको लागि मूल्य समायोज गरिएको नेप्सेले जनाएको छ । अव समायोजपछि आज कम्पनीको सेयर कारोबार ५२३ रुपैयाँमा सुरु हुनेछ । साधाणसभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आज असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको भदौ ३१ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले चौबिसौँ वार्षिक साधारण सभा असोज २४ गते जुमबाट हुनेछ । 

त्यसैगरी, कम्पनीले बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १ः०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा पनि गरेको छ ।

61510d5d09a3e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको