Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल कारोबारमा क्यास ब्याक अफर

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, १७ : १३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेलको माध्यमबाट काराेबार गर्दा क्यास ब्याक अफर ल्याएकाे छ ।

बैंकले प्रति कारोबार एक हजार रूपैयाँ वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुनेछ ।

देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाणिज्य बैंककै Card Swipe गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यस अन्तर्गत ३ देखी ५ पटकको Card Swipe मा ५% अधिकतम क्यास ब्याक वा ५ सय रूपैयाँ, ६ देखी १० पटकको Card Swipe मा १०% अधिकतम क्यास ब्याक वा ७ सय ५० रूपैयाँ, ११ देखी १५ पटकको Card Swipe मा १५% अधिकतम क्यास ब्याक वा १ हजारमध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुनेछ ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सञ्चालनमा रहेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको