Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंककाे कार्ड स्वाईप गर्दा क्यास ब्याक अफर

अर्थ संसार

आइतबार, ०९ असोज २०७९, १७ : २० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंककाे कार्ड स्वाईप गर्दा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale (POS) को माध्यमबाट प्रति कारोबार एक हजार रूपैयाँ वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।

यो योजना आगामी २०७९ असोज १० गते देखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुनेछ । देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै एइक् मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यस अन्तर्गत ३ देखी ५ पटकको Card Swipe मा ५% अधिकतम क्यास ब्याक वा रु.५००।–, ६ देखी १० पटकको Card Swipe मा १०% अधिकतम क्यास ब्याक वा रु.७५०।–, ११ देखी १५ पटकको Card Swipe मा १५% अधिकतम क्यास ब्याक वा रु.१,०००।– मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुनेछ ।

यसैगरी, आगामी २०७९ असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी QR Code स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १०% वा रु.१००।– जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुनेछ ।

6330458e121ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको