Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरण गर्न सिटिजन्स बैंकले ताेक्याे बुकक्लाेज मिति

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १० : २५ मा प्रकाशित

लाभांश वितरण गर्न सिटिजन्स बैंकले ताेक्याे बुकक्लाेज मिति

सिटिजन्स बैंक लिमिटेडले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेकाे छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २२ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, असाेज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6153f1f825479.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको