Like us!
Follow us!
Connect us!
Watch us!

‘आइएमई  पे’ र नियोटेरिक नेपालबीच सम्झौता

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १३ : ५५ मा प्रकाशित

‘आइएमई  पे’ र नियोटेरिक नेपालबीच सम्झौता

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित ‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दशैँ र तिहारलाई लक्षित गरि दशैँ क्याम्पियन पनि सुरु भएको छ । दशैँ क्याम्पियन ११ असोजदेखि २० कार्तिकसम्म लागु हुनेछ । क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

एक महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले IIFE Zed Air hs14 Laptop जित्न सक्नेछन् भने कुनैपनि Logitech, rapoo, rico, ideakard, senheiser खरिदमा आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुटको अफर रहेको छ । साथै One Plus Phone खरिद गर्दा Hifuture Earbuds Tidybus सित्तैमा पाउन सकिनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको